emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

खडक नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
136
Views
खडक नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

सप्तरी जिल्लाको खडक नगरपालिका–९ शर्पामा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। एक कार्यक्रमबीच उनीहरू औपचारिक रूपमा जसपा नेपालमा समाहित भएका हुन्। नवप्रवेशीहरूलाई जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्य, पूर्व मन्त्री तथा राष्ट्रिय सभा संसदीय दलका नेता माननीय मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं. ४ का उम्मेदवार डा. बाबी सिंह यादव, केन्द्रीय सल्लाहकार समिति सदस्य मो. गफुर, खडक नगर समिति संयोजक मो. ईसरायल तथा वडा नं. ९ का अध्यक्ष मो. इझहारुललगायत पार्टीका नेताहरूले गम्छा, अबिर र पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नेताहरूले जसपा नेपाल मधेश, उत्पीडित र सीमान्तकृत समुदायको अधिकारका लागि निरन्तर संघर्षरत रहेको बताउँदै पार्टीको नीति, विचार र कार्यक्रमबाट प्रभावित भएर नयाँ साथीहरू पार्टीमा प्रवेश गरेको उल्लेख गर्नुभयो। उहाँहरूले संगठन विस्तारसँगै स्थानीय तहमा पार्टीलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नवप्रवेशीहरूले जसपा नेपालले उठाउँदै आएको समावेशी राजनीति, सामाजिक न्याय र समान अधिकारको एजेन्डाबाट आफूहरू प्रभावित भएको बताउँदै आगामी दिनमा पार्टीको संगठन निर्माण र जनसेवामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव