emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा OPG, CBCT र इको सेवा सुरु हुँदै

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
45
Views
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा OPG, CBCT र इको सेवा सुरु हुँदै

राजविराज, २० माघ ।
 गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अत्याधुनिक OPG, CBCT (कोन बिम कम्प्युटेड टोमोग्राफी) र इको सेवा सुरु हुने भएको छ । लामो समयको प्रतीक्षापछि यी सेवाहरू केही दिनमै सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अबधेश मिश्राले जानकारी दिनुभयो ।
डा. मिश्राका अनुसार OPG र CBCT मेसिनको सम्पूर्ण सेटअप सम्पन्न भइसकेको छ । काठमाडौँको वीर अस्पतालपछि मधेस र कोशी प्रदेशमा राजविराजमै पहिलोपटक OPG र CBCT सेवा जडान हुन लागेको हो । यसबाट सप्तरीसहित सिराहा, सुनसरी, उदयपुरलगायत जिल्लाका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
वरिष्ठ डेन्टल सर्जन कृष्णदेव ठाकुरका अनुसार CBCT प्रविधि दाँत, जबडा र मुखको त्रि–आयामिक (3D) स्पष्ट तस्बिरका लागि उपयोगी हुन्छ, जसले रुट क्यानाल, इम्प्लान्ट तथा बुद्धिदाँत उपचारमा सटीक सहयोग पुर्‍याउँछ । हाल अस्पतालमा दैनिक ३५–४० जना दन्तसम्बन्धी बिरामी आउने गरेका छन् ।
सेवा सुरु भएपछि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने र सस्तो, सुलभ उपचार स्थानीयमै उपलब्ध हुने विश्वास अस्पतालले व्यक्त गरेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव