emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शहिदगेटमा जसपा नेपालका युवा र विद्यार्थीहरुद्वारा बृहत सरसफाई’

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
88
Views
शहिदगेटमा जसपा नेपालका युवा र विद्यार्थीहरुद्वारा बृहत सरसफाई’

ईमधेश सम्वाददाता,
जनकपुरधाम, ०४ माघ ा
 जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का भातृसंगठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले संयुक्त रुपमा जनकपुरधाम स्थित शहिदगेटमा शहिदहरूको शालिकमा बृहत सरसफाई अभियान आज शुक्रबार बिहान सञ्चालन गरेका थिए ।
समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा आयोजित यस अभियानमा जसपा नेपालका केन्द्रिय सदस्यद्वय लालकिशोर साह र जितेन्द्र यादव, विद्यार्थीका प्रतिनिधिहरु बलिराम कापरी, रामकुमार साह, किशन यादव, रोहित यादव र धिरु यादव सहित पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा र स्थानीय नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो।
 जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष पुण्यप्रसाद यादवको विशेष पहल र सहयोगमा उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, पानी ट्यांकी र बारुण यन्त्रको विशेष सहयोगमा यो सरसफाई कार्यक्रम सम्पन्न भएको हो।
यसैबीच, माघ ५ गते, मधेश बलिदानी दिवसको अवसरमा जनकपुरधाम–१४ स्थित मुजेलियामा शहिदगेटमा शहिदहरूको शालिकमा माल्यार्पण गर्ने र जनकपुरधामको रमेश चौकमा साँझ ४ः०० बजे दीपप्रज्वलन गर्दै श्रद्धाञ्जली सभा आयोजना गर्ने कार्यक्रम रहेको विद्यार्थी जिल्ला अध्यक्ष यादवले जानकारी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार