emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

source e-Madhesh २०८२ माघ ६ गते , मंगलबार
0
Shares
45
Views
सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०६ माघ ।
 सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका अवसरमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागितामा र्याली निकालिएको थियो। र्यालीसहित यादव शम्भुनाथ नगरपालिका–७ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
यादवको उम्मेदवारीमा मधेश प्रदेशका पूर्व मन्त्री शैलेन्द्र प्रसाद साह प्रस्तावक रहेका छन् भने पूर्व प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ समर्थकका रूपमा रहेका छन्।
जसपा अध्यक्ष यादवको उम्मेदवारी दर्तासँगै सप्तरी–३ को चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव