emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने ठाउँ हो: बालेन

source e-Madhesh २०८२ माघ ५ गते , सोमबार
0
Shares
44
Views
काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने ठाउँ हो: बालेन

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०५ माघ ।
 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले काठमाडौं अधिकार माग्न धाउने ठाउँ नभई घुम्न जाने सहर भएको टिप्पणी गरेका छन्। सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मैथिली भाषामा सम्बोधन गर्दै उनले प्रदेश सरकारहरू बलियो भए अधिकारका लागि केन्द्र धाउनुपर्ने अवस्था नआउने बताएका हुन्।
संघीयताको पक्षमा धारणा राख्दै शाहले प्रदेश र स्थानीय तह सशक्त नहुँदासम्म संघीयताको सार्थक कार्यान्वयन सम्भव नहुने उल्लेख गरे। उनले जनताको अधिकार आफ्नै प्रदेश र स्थानीय सरकारबाट सुनिश्चित हुनुपर्नेमा जोड दिए।
मेयर पदबाट राजीनामा दिएपछि फुर्सद मिलेकाले देशका विभिन्न ठाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेको पनि शाहले बताए। उनले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै जनताको आवाजलाई केन्द्रमा राखेर राजनीति अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव