emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पुराना सिक्का संकलन गर्ने दाजु–बहिनी सम्मानित

source e-Madhesh २०८२ माघ ५ गते , सोमबार
0
Shares
48
Views
पुराना सिक्का संकलन गर्ने दाजु–बहिनी सम्मानित

र्ईमधेश न्यूज सम्वाददाता,
भक्तपुर, ०५ माघ ।
 पुराना ऐतिहासिक सिक्काहरू संकलन गर्दै आएका दाजु–बहिनीलाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुर घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई श्री सरस्वती माध्यमिक विद्यालय, चाँगुनारायण नगरपालिका–८ भक्तपुरको ६४औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै पुराना सिक्काहरू संकलन गर्नु इतिहास र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
कार्यक्रममा पाँच जना पत्रकारहरू पनि सम्मानित भएका छन् । सम्मानित पत्रकारहरूमा कृष्ण किसी, प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण बास्तोला रहेका छन् ।
वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री हरिप्रभा खड्गी, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, चाँगुनारायण नगरपालिकाका निवर्तमान प्रमुख तथा नेकपा एमालेका नेता सोम मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिव पुरी र प्रधानाध्यापक टिकाराम पाण्डेयले विद्यालयको शैक्षिक तथा संस्थागत विकासका विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुतिहरू पनि प्रदर्शन गरिएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव