emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भयरहित वातावरणमा निर्वाचन गराउन सरकार असफल: मुख्यमन्त्री कार्की

source e-Madhesh २०८२ माघ ४ गते , आइतबार
0
Shares
102
Views
भयरहित वातावरणमा निर्वाचन गराउन सरकार असफल: मुख्यमन्त्री कार्की

ईमधेश न्यूज सम्वाददाता,
सुनसरी, ०४ माघ ।
 कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्न सक्ने अवस्था बनाउन सरकार असफल भएको स्वीकार गर्नुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनद्वारा सुनसरीको इटहरीमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले तोकिएको मितिमा निर्वाचन हुने–नहुने विषयमै अन्योल देखिएको बताउनुभयो ।
उहाँले राजनीतिक दल र राज्य संयन्त्र दुवैले मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन नसकेको उल्लेख गर्दै भयरहित निर्वाचन अपरिहार्य रहेकोमा जोड दिनुभयो । सरकारले सङ्गठित अपराधलगायतका मुद्दा फिर्ता लिएको अवस्था, कारागारबाट फरार कैदी र सुरक्षाबाट लुटिएका हतियार अझै फिर्ता नआएकाले निर्वाचनप्रति शंका उत्पन्न भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले अघिल्ला निर्वाचनझैँ प्रतिनिधिसभा सदस्य निर्वाचनको पनि इन्सेकले पर्यवेक्षण गर्ने जानकारी दिनुभयो । भदौ २३ र २४ गतेको आन्दोलनपछि नागरिकमा राजनीतिक चेतना बढेको उल्लेख गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनको पर्यवेक्षण गरिने बताउनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेले सुरक्षा दृष्टिले अघिल्ला निर्वाचनभन्दा अझ भरपर्दो वातावरण तयार गरिएको दाबी गर्नुभयो । मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति बनाइएको भन्दै निर्वाचन भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
प्राध्यापक कृष्णप्रसाद पोखरेलले निर्वाचन मात्र लोकतन्त्रको स्थायित्वको आधार नभई निर्वाचित प्रतिनिधिले जनताको समस्या सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । जनताले भोगिरहेका समस्याको समाधान नहुँदा आन्दोलनको अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।
नेपाल मानव अधिकार सङ्गठनका पूर्व अध्यक्ष बोधराज प्याकुरेलले राजनीतिक दल जनताप्रति इमानदार नहुँदा देश जटिल अवस्थाबाट गुज्रिरहेको बताए । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको महत्व नबुझ्दा हरेक निर्वाचनमा मानव अधिकारका सवाल उठ्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार र स्थानीय तहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तरक्रियामा निर्वाचन सुरक्षा, मतदाता शिक्षा, राजनीतिक दलको प्रतिबद्धता, सामाजिक सञ्जालको भूमिका र निष्पक्ष पर्यवेक्षणका विषयमा विस्तृत छलफल भएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव