emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पूर्वमन्त्री रामेश्वर राय यादवसहितको समूह जसपा नेपालमा प्रवेश

source e-Madhesh २०८२ माघ ४ गते , आइतबार
0
Shares
169
Views
पूर्वमन्त्री रामेश्वर राय यादवसहितको समूह जसपा नेपालमा प्रवेश

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०४ माघ ।
 पूर्व श्रममन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौं नेता–कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका रामेश्वर राय यादवको प्रवेशलाई जसपा नेपालले संगठन सुदृढीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
यादवसँगै सर्लाही क्षेत्र नं. ३ अन्तर्गत चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव तथा पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् । कार्यक्रममा सहभागी नेताहरूले मधेशका मुद्दा, पहिचान, अधिकार र समावेशी लोकतन्त्रका लागि जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएकाले पार्टीमा आबद्ध भएको बताएका छन् ।
अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरूलाई स्वागत गर्दै मधेश आन्दोलनका उपलब्धि रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव