emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा सोनाम ल्होसारको शुभकामना

source e-Madhesh २०८२ माघ ४ गते , आइतबार
0
Shares
146
Views
उपराष्ट्रपति यादवद्वारा सोनाम ल्होसारको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं,  ०४ माघ ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका आदिवासी जनजातिहरूले मनाउने महान पर्व सोनाम ल्होसार २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको हो । उहाँले सोनाम ल्होसारले नयाँ वर्षको आगमनसँगै मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति यादवले भूमिपूजा, कुलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदान–प्रदानजस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई बलियो बनाउने बताउनुभयो । साथै, मौलिक नृत्य, गीत, वाद्यसंगीत र परम्परागत परिकारहरूले राष्ट्रिय सांस्कृतिक पहिचानलाई उजागर गर्ने उहाँको भनाइ छ ।
शुभकामना सन्देशमा संविधानले अंगीकार गरेका गणतन्त्र, संघीयता, समानता, समावेशिता र धर्मनिरपेक्षताजस्ता मूल्यहरूलाई यस्ता पर्वहरूले थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । उपराष्ट्रपति यादवले सोनाम ल्होसारले सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै मुलुकलाई शान्ति र समृद्धितर्फ अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव