emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

होटल उद्योग र पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ माघ ३ गते , शनिबार
0
Shares
125
Views
होटल उद्योग र पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
ललितपुर, ०२ माघ ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले होटल उद्योग तथा पर्यटन क्षेत्र नेपालको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ । होटल संघ नेपालद्वारा शुक्रबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल तुलिपमा आयोजित संघको ‘हिरक जयन्ती’ समारोहको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
उपराष्ट्रपति यादवले होटल उद्योगले रोजगारी सिर्जना, सांस्कृतिक आदान–प्रदान, अन्तर्राष्ट्रिय पहिचान निर्माण र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । होटल संघ नेपालको छ दशक लामो यात्रा उपलब्धि र संघर्षले भरिएको प्रेरणादायी इतिहास भएको भन्दै उहाँले भविष्यका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथिसत्कारको परम्परा विश्वमै अनुपम रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यी सम्पदालाई दिगो, व्यवस्थित र नवप्रवर्तनशील होटल उद्योगमार्फत विश्वसामु प्रस्तुत गर्नु साझा जिम्मेवारी भएको बताउनुभयो ।
यस अवसरमा आयोजित ‘नेपाल हास्पिटेलिटी डे २०२६’ तथा ‘द होटल एक्स्पो एण्ड फूड फेस्ट २०२६’ ले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्दै उहाँले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पर्यटकको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले वातावरणमैत्री होटल सञ्चालन, गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँग जोडिएको आत्मीय आतिथ्य विकास गर्न जोड दिनुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव