emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा माघी पर्वको शुभकामना, राष्ट्रिय एकता र समृद्धिको सन्देश

source e-Madhesh २०८२ माघ १ गते , बिहीबार
0
Shares
120
Views
उपराष्ट्रपति यादवद्वारा माघी पर्वको शुभकामना, राष्ट्रिय एकता र समृद्धिको सन्देश

लिलाकान्त यादव,
काठमाडौं, ३० पौष ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले माघी पर्व (माघे संक्रान्ति), २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले नेपालमा माघ १ गते विभिन्न भूगोल, समुदाय र संस्कृतिअनुसार माघी, तिला संक्रान्ति, येले सम्वत्, छार म्हेङलगायत नामले यो पर्व उल्लासपूर्वक मनाइने उल्लेख गर्नुभयो । नाम फरक भए पनि माघी पर्वको मूल भाव विविधतामा एकता, सांस्कृतिक गौरव र सामाजिक सद्भाव रहेको उहाँको भनाइ छ ।
उपराष्ट्रपतिले हिन्दू धर्मावलम्बीहरूले माघे संक्रान्तिलाई सूर्यदेवको उत्तरायण यात्रा प्रारम्भ हुने पुण्य दिनका रूपमा मनाउने परम्परा रहेको स्मरण गराउनुभयो । यस अवसरमा पवित्र नदीमा स्नान, दान–पुण्य तथा धार्मिक अनुष्ठान गर्ने चलनले समाजमा करुणा, सहअस्तित्व र सहयोगको भावना प्रवद्र्धन गर्ने बताउनुभयो ।
उहाँले माघी पर्वका अवसरमा तिल, चिउरा, गुड, घिउ, चाकु तथा विभिन्न कन्दमूल खाने परम्पराले स्वास्थ्य प्रवद्र्धन गर्नुका साथै स्थानीय कृषि उत्पादन, बजार र व्यापारलाई पनि टेवा पु¥याउने उल्लेख गर्नुभयो । साथै, माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा समेत मनाइने भएकाले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा सबै सरोकारवाला सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अन्त्यमा, उपराष्ट्रपति यादवले माघी पर्वले राष्ट्रिय एकता, भाइचारा, मेलमिलाप र समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव