emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अपाङ्ग र असहायलाई राजगढ गाउँपालिकाद्वारा फाइबर सिरक वितरण

source e-Madhesh २०८२ पुस ३० गते , बुधबार
0
Shares
125
Views
अपाङ्ग र असहायलाई राजगढ गाउँपालिकाद्वारा फाइबर सिरक वितरण

लिलाकान्त यादव,
काठमाडौं, ३० पौष ।
 सप्तरीको राजगढ गाउँपालिकाले २ सय ५५ जना अपाङ्ग तथा असहाय नागरिकलाई फाइबर सिरक वितरण गरेको छ।
गाउँपालिकाको आयोजनामा बिहीबार वडा नम्बर १ देखि ६ सम्मका “क” र “ख” वर्गमा सूचीकृत अपाङ्ग तथा असहाय नागरिकलाई न्यानो सामग्रीका रूपमा फाइबर सिरक वितरण गरिएको हो। चिसो मौसमका कारण जेष्ठ नागरिक, अपाङ्ग तथा विपन्न वर्ग स्वास्थ्य जोखिममा नपरुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले चिसोका कारण कुनै पनि जेष्ठ नागरिक कष्टमा नपरोस् भन्ने लक्ष्यसहित पालिकाले न्यानो सामग्री वितरण गर्दै आएको बताउनुभयो। उहाँले असहाय तथा विपन्न वर्गको संरक्षण गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले फाइबर सिरक वितरण कार्यक्रमअन्तर्गत “क” वर्गका १ सय ५५ जना र “ख” वर्गका १ सय जना अपाङ्ग तथा असहाय नागरिकलाई सहयोग प्रदान गरिएको जानकारी दिनुभयो। उपाध्यक्ष रेणु देवी मण्डलले चिसो मौसममा ज्यान जोगाउन पालिकाले न्यानो सामग्री वितरण गरेको बताउनुभयो।
पालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रेणु देवी मण्डल, अपाङ्ग समन्वय समिति सदस्य रामचन्द्र यादव, सेभ द नेपाल सप्तरीका जिल्ला संयोजक विरेन्द्र कुमार साह तथा पालिकाका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव