emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पुनर्वासमा नगएका भुटानी शरणार्थीको अवस्था नाजुक, समस्या समाधान गर्न ग्लोबल पिस अलायन्सको माग

source e-Madhesh २०८२ पुस ३० गते , बुधबार
0
Shares
66
Views
पुनर्वासमा नगएका भुटानी शरणार्थीको अवस्था नाजुक, समस्या समाधान गर्न ग्लोबल पिस अलायन्सको माग

र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३० पौष ।
 तेस्रो मुलुक पुनर्वासमा नगएका भुटानी शरणार्थीहरूको अवस्था दिनानुदिन नाजुक बन्दै गएको भन्दै ग्लोबल पिस अलायन्स (जीपीए) ले समस्या समाधानका लागि सरकार र अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छ।
बुधबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जीपीएले झापाको बेलडाँगी र पथ्री–शनिश्चरेस्थित शरणार्थी शिविरमा रहेका शरणार्थीहरूको दयनीय अवस्थाबारे जानकारी गराएको हो। जीपीए अध्यक्ष काशी अधिकारीले सन् २०१७ पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट प्राप्त सहयोग क्रमशः कटौती हुँदा शरणार्थीहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित भएको बताए।
उनका अनुसार युनिसेफ, युएनएचसिआर, सेभ द चिल्ड्रेन, रेडक्रस, एलडब्लुएफलगायत संस्थाबाट हुँदै आएको सहयोग घटेपछि शिविरमा बसोबास गर्ने शरणार्थीहरूको जीवनस्तर गम्भीर रूपमा प्रभावित भएको छ। “तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरू नाजुक जीवन बिताइरहनुभएको छ, उहाँहरूका लागि तत्काल सहयोग आवश्यक छ,” उनले भने।
जीपीए नेपाल च्याप्टर अध्यक्ष हिमा गुरुङले शरणार्थीहरू राज्यविहीन भए पनि मानवताका आधारमा उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने धारणा राखिन्।
यस अवसरमा बाल्यकालमै तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका अमृत अधिकारीले आफू अमेरिकी नागरिक भए पनि शरणार्थी समुदायका समस्याले दुःखित बनाउने बताए। जीपीए युवा सदस्यसमेत रहेका अधिकारीले एमबीबीएस अध्ययनपछि शरणार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, कल्याण फाउण्डेसन नेपालका को–अर्डिनेटर हरिकृष्ण ढुङ्गेलले कोरोना कालदेखि शरणार्थी तथा विपन्न समुदायलाई राहत वितरण गर्दै आएको जानकारी दिए। कल्याण फाउण्डेसन अमेरिकाका केन्द्रीय सदस्य प्रेम अधिकारीले बाँकी रहेका भुटानी शरणार्थीहरूको राज्यविहीनताको अन्त्यका लागि दीर्घकालीन समाधान खोज्न आग्रह गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव