emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसी एकता समाज यूएई शाखाको नयाँ कार्यसमिति चयन

source e-Madhesh २०८२ पुस ३० गते , बुधबार
0
Shares
38
Views
मधेसी एकता समाज यूएई शाखाको नयाँ कार्यसमिति चयन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३० पौष ।
 विदेशमा बसोबास गर्ने मधेसीहरूको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममार्फत समाजको यूएई शाखाको नयाँ कार्यसमिति गठन गरिएको हो। कार्यक्रम समाजका यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
नयाँ कार्यसमितिको अध्यक्षमा शैलेन्द्र कुमार राय चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव, सहअध्यक्षमा रामपुकार यादव र रामअयोध्या साह, महासचिवमा कृष्णकुमार साह, कोषाध्यक्षमा अभिमन्यु यादव, युवा संयोजकमा विक्रम साह तथा सांस्कृतिक संयोजकमा भोला पासवान चयन हुनुभएको छ।
कार्यक्रममा यूएईमा कार्यरत तथा बसोबास गर्दै आएका मधेसी समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको सहभागिता रहेको थियो।
सोही अवसरमा नयाँ वर्ष २०२६ को उपलक्ष्यमा बनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो। बनभोजमा मधेसी समुदायका परम्परागत खाद्य परिकारसहित सामूहिक भोजन तथा आपसी भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव