emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न

source e-Madhesh २०८२ पुस २८ गते , सोमबार
0
Shares
44
Views
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २८ पौष ।
 काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले ढुवानी व्यवसायलाई प्रभावकारी बनाउनु अत्यावश्यक रहेको बताउनुभयो । ढुवानी व्यवस्था सुदृढ नहुँदा मुलुकले गम्भीर अप्ठ्यारो भोग्नुपर्ने उल्लेख गर्दै उहाँले यस क्षेत्रको सुधार र कार्यान्वयनमा स्थानीय सरकारहरूलाई समेत सक्रिय हुन आग्रह गर्नुभयो । साथै, जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति भएका सवारी साधनहरूलाई यस आर्थिक वर्षमा कर छुट दिने निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
“ढुवानी व्यवस्था प्रभावकारी नहुँदा देशले धेरै समस्या झेल्नुपर्छ,” बानियाँले भन्नुभयो, “प्रभावकारी ढुवानीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई अघि बढाउन सहयोग पु¥याउँछ । त्यसैले ढुवानी व्यवसाय राष्ट्रका लागि अपरिहार्य छ र यसले भोगेका समस्या चरणबद्ध रूपमा समाधान गर्नुपर्छ ।”
संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड भएको बताउनुभयो । दुर्गम तथा ग्रामीण क्षेत्रसम्म समयमै सामान पु¥याउने उद्देश्यसहित संघ अघि बढिरहेको र सामाजिक कार्यमा समेत सक्रिय रहेको उहाँको भनाइ थियो । ढुवानी व्यवसायीले अनावश्यक दुःख भोग्नुपरेको उल्लेख गर्दै उहाँले स्पष्ट र एकीकृत ढुवानी ऐन तथा कार्यविधि सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद उद्धव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीलगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन जोड दिएका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव