emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन

source e-Madhesh २०८२ पुस २७ गते , आइतबार
0
Shares
588
Views
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन

लिलाकान्त यादव,
राजविराज, २७ पौष ।
 सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका–१०, अमरैयाँ निवासी समाजसेवा र सामाजिक न्यायका क्षेत्रमा सक्रिय गोसाई राम यादवको ९२ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनले स्थानीय समुदायले एक अनुभवी समाजसेवी र मार्गदर्शक व्यक्तित्व गुमाएको छ ।
समाजमा न्याय, समानता र सामाजिक विकासका लागि जीवन समर्पण गर्नुभएका यादव दुःख–सुखमा सबैको साथ र सहयोग गर्ने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । समाजमा देखिने समस्याको समाधान स्थानीय तहबाटै खोज्नुपर्छ भन्ने मान्यताका साथ उहाँले निरन्तर योगदान पु¥याउँदै आउनुभएको सहकर्मी मेदनीप्रसाद साहले बताए ।
बोदेबरसाईन नगरपालिका–१० का वडा अध्यक्ष सुनित कुमार यादवले उहाँको निधनले वडाले एक अनुभवी समाजसेवी तथा मार्गदर्शक गुमाएको बताउनुभयो । उहाँ मेरो बुवाको समेत सहकर्मी रहेको र मेरो बुवा तत्काल गा.वि.स अध्यक्ष रहदा समेत अतुलनिय सहयोगी रहेको बताएका छन् । 
समाजका लागि अमूल्य योगदान दिने सामाजिक धरोहर व्यक्तिको निधनले सबैलाई गहिरो शोकमा डुबाएको अर्का सहकर्मी सकलदेव यादवले बताउनुभयो । श्रद्धाञ्जली सभामा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव, जसपा केन्द्रीय सदस्य ववी सिंह यादव, बोदेबरसाईन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव, वडा अध्यक्ष सुनित कुमार यादव, जसपा नेपालका युवा नेता राजेश्वर राय लगायत समाजका हरेक घरका व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव