emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा

source e-Madhesh २०८२ पुस २७ गते , आइतबार
0
Shares
43
Views
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २७ पौष ।
 क्रान्तिकारी कम्युनिस्ट पार्टीसहित ६ दलले आह्वान गरेको संयुक्त निर्वाचन बहिष्कार कार्यक्रममा क्रान्तिकारी युवा सङ्घ नेपालले सशक्त सहभागिता जनाउने घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घले सरकारलाई पेस गरिएको ४३ बुँदे मागपत्र सार्वजनिक गर्दै आगामी निर्वाचन बहिष्कार गर्ने स्पष्ट धारणा राखेको हो ।
सङ्घका संयोजक सूर्य तिमल्सिनाले जेनजी विद्रोहबाट प्राप्त जनआन्दोलनको म्यान्डेटलाई बेवास्ता गर्दै गरिने निर्वाचन अस्वीकार्य भएको बताए । उनले पुस २५ गते युवा तथा खेलकुद मन्त्री बाबुल गुप्तामार्फत राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४३ बुँदे मागपत्र सरकारसमक्ष पेस गरिएको जानकारी दिए । “सरकारले माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्षमा उत्रन बाध्य हुनेछौं,” तिमल्सिनाले चेतावनी दिए ।
पत्रकार सम्मेलनमा १३ दिन हिरासतपछि रिहा भएका सङ्घका सचिवालय सदस्य शंकर शाहीले आफूलाई विनाकारण पक्राउ गरिएको आरोप लगाए । उनले प्रहरी प्रशासन र म्यानपावर व्यवसायीबीच मिलेमतो भएको आशंका व्यक्त गर्दै मानव तस्कर र देशद्रोहीको उक्साहटमा आफूलाई दुःख दिइएको दाबी गरे । साथै, सर्वोच्च अदालतबाट न्याय पाएकोमा कानुन व्यवसायी र अदालतप्रति आभार व्यक्त गरे ।
सङ्घका सहसंयोजक दोर्ची शेर्पाले ४३ बुँदे मागपत्र वाचन गरेका थिए । कार्यक्रममा क्रान्तिकारी खेलकुद महासंघका केन्द्रीय संयोजक सूर्य भूजेल र क्रान्तिकारी उद्योग तथा वाणिज्य संघका केन्द्रीय संयोजक शिव धिमाललगायतको उपस्थिति रहेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव