emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ पुस २७ गते , आइतबार
0
Shares
121
Views
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौँ, २७ पौष ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता दिवसले नेपालका विविधताबीचको एकतालाई थप सबल बनाउने प्रेरणा दिने बताएका छन् । राष्ट्रिय एकता दिवस, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिका लागि शुभेच्छा व्यक्त गरेका हुन् ।
उपराष्ट्रपति यादवले पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) ले मुलुकलाई एक सूत्रमा बाँध्न महान् योगदान गर्ने पुर्खाहरूको सम्मान गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे । नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक सद्भाव, सहिष्णुता र समरसता अभिवृद्धि गर्न यो दिवस महत्वपूर्ण रहेको उनले बताए ।
उनले व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै समावेशी र सशक्त नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गर्न राष्ट्रिय एकता दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे । साथै, विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूल मन्त्र बनाउन उनले सबैलाई आह्वान गरे ।
उपराष्ट्रपति यादवले राष्ट्रिय एकता दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव