emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 

source e-Madhesh २०८२ पुस २६ गते , शनिबार
0
Shares
113
Views
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 

भूपदेव माली, 
राजबिराज, २६ पौष ।
 सप्तरीको सदरमुकाम राजविराजमा विशाल जगन्नाथ रथयात्रा सम्पन्न भएको छ।
श्री कृष्णभक्त मण्डल सप्तरी एवं इस्कौन राजबिराज द्वारा आयोजित श्रीमद्भागवत महापुराण कथा समाप्तिपछि श्री जगन्नाथ रथयात्रा सम्पन्न भएको हो।
श्रीकृष्ण मन्दिर राजविराजको हटियाबाट निस्केको रथ नेता चौक हुँदै अदालत रोड बाट गजेन्द्रचौक पुगेर पुनः कञ्चनपुर रोड स्थित गणेश मन्दिर हुँदै राजदेवी मन्दिर परिक्रमा गर्दै तेत्रीगाछी हुदै पुनः आफ्नो स्थान आइपुगेको थियो। 
रथयात्रामा राजयुगका भक्तहरू हिन्दु   सम्राट सेनाका युवाहरू सहित हजारौंको सङ्ख्यामा हिन्दू भक्तजनहरूको सहभागिता रहेको थियो। 
रथयात्रामा “हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे,हरेराम हरेराम रामराम हरे हरे।“ भजन गाउँदै,नाच्दै, रमाउदै एवं रथको रस्सी तान्दै परिक्रमा गरिएको थियो। यस रथयात्रा अनुष्ठानले सनातिनीहरूको एकताको प्रतीक पनि भएकोले यस वर्ष भक्तजनहरूको व्यापक सहभागिता रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव