emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते

source e-Madhesh २०८२ पुस २६ गते , शनिबार
0
Shares
117
Views
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते

ईमधेश न्यूज सम्वाददाता,
जनकपुर, २६ पौष ।
 धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतलोक आश्रम (रामपाल आश्रम) वरपरको ऐलानी जग्गा कब्जा गरेको विषयलाई लिएर शनिबार स्थानीयवासी र आश्रमका अनुयायीबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरी एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको छ ।
स्थानीयका अनुसार आश्रमले सरकारी ऐलानी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको आरोप लगाउँदै शनिबार नापजाँच र जग्गा खाली गराउने तयारी गरिएको थियो । सोही क्रममा आश्रमभित्र रहेका अनुयायी र स्थानीयबीच भनाभन सुरु भई झडपमा परिणत भएको हो । आश्रमका अनुयायीहरूले स्थानीयमाथि लखेट्दै कुटपिट गरेपछि अवस्था झनै तनावग्रस्त बनेको प्रहरीको भनाइ छ ।
झडपपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शनका क्रममा आश्रमबाट बाहिरिएको एक एम्बुलेन्समाथि तोडफोडसमेत भएको जनाइएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि धनुषा प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
घाइतेहरूलाई उपचारका लागि जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल, जनकपुर लगिएको छ । अस्पताल स्रोतका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य भए पनि केहीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
स्थानीयवासीहरूले ऐलानी जग्गा अतिक्रमणबारे प्रशासनले समयमै कदम नचालेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही र अतिक्रमण हटाउन माग गरेका छन् । आश्रम पक्षले भने आफूहरूमाथि एकतर्फी आक्रमण भएको दाबी गरेको छ । क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरीको बाक्लो उपस्थिति राखिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव