emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन

source e-Madhesh २०८२ पुस २६ गते , शनिबार
0
Shares
31
Views
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन

लिलाकान्त यादव,
राजविराज, २६ पौष ।
 राष्ट्रिय मुक्ति पार्टी नेपालको सप्तरी जिल्ला कार्यालय राजविराजमा नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) का जिल्ला स्तरीय प्रमुख नेताहरूबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा छलफल गरिएको छ ।
बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई समन्वयात्मक र सशक्त बनाउने उद्देश्यसहित राष्ट्रिय मुक्ति पार्टी सप्तरीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले तीनै दलबीच सहकार्य, रणनीति निर्माण तथा स्थानीयस्तरमा संगठन सुदृढीकरणका विषयमा काम गर्ने जनाइएको छ ।
गठित कार्यदलमा जनता समाजवादी पार्टीको तर्फबाट जिल्ला अध्यक्ष सत्यनारायण यादव र सन्तोष कुमार मण्डल सदस्य रहेका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट जिल्ला अध्यक्ष ब्रिजेन्द्र चौधरी र रमाकान्त चौधरीलाई कार्यदल सदस्यका रूपमा समेटिएको छ । राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट महिला नेतृ रिसु चौधरी कार्यदल सदस्य रहेकी छन् ।
बैठकमा सहभागी नेताहरूले आगामी निर्वाचनमा साझा एजेन्डा तय गरी जनतासँग प्रत्यक्ष रूपमा जोडिने कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै संयुक्त रूपमा अगाडि बढ्ने सहमति भएको बताइएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव