emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की

source e-Madhesh २०८२ पुस २५ गते , शुक्रबार
0
Shares
52
Views
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २५ पौष ।
२०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै न्भलश् २.० सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार अब स्पष्ट एकतामा उभिएको छ । बुढानगरमा आज सम्पन्न देशव्यापी भेलाले “लौरो कता हरायो?” भन्ने प्रश्नको स्पष्ट जवाफ दिँदै लौरो हराएको नभई स्वतन्त्र चेतनालाई एक ठाउँमा ल्याउने प्रक्रियामा रहेको सन्देश दिएको छ ।
भेलामा ८३ जना स्वतन्त्र तथा लौरो उम्मेदवार र ११४ जना विभिन्न स्वतन्त्र अभियानका प्रमुख अभियन्ताहरूको सहभागिता रहेको थियो । करिब दुई सय प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले लौरो अभियान र स्वतन्त्र राजनीतिक धारलाई एउटै साझा प्लेटफर्ममा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेलामा नयाँ शक्तिहरू आ–आफ्नै दिशामा छुट्टिएर हिँड्दा अपेक्षित उपलब्धि हासिल गर्न नसकिने निष्कर्ष निकाल्दै अब एकता अपरिहार्य भएको ठहर गरिएको छ । आन्दोलनको इतिहास, जरा र धरोहर नबुझी अघि बढ्दा वैकल्पिक राजनीति कमजोर र दिशाहीन हुने चेतावनी पनि सहभागीहरूले दिएका छन् ।
लौरो अभियानका केन्द्रीय प्रवक्ता डा. हरि कार्कीले आजको भेला केवल छलफलमा सीमित नभई राजनीतिक स्पष्टताको महत्वपूर्ण मोड भएको बताए । “२०७९ यता एउटै आन्दोलन विभिन्न नाममा निरन्तर संघर्षरत रह्यो । आज लौरो र स्वतन्त्र एकै ठाउँमा उभिएका छन् । टुक्रिएर होइन, एकजुट भएर मात्रै वैकल्पिक राजनीति सम्भव हुन्छ,” उनले भने ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो भेलाले काठमाडौं महानगर प्रमुख बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीसहित समग्र नयाँ राजनीतिक धारलाई गम्भीर सन्देश दिएको छ । स्वतन्त्र राजनीति अब भावनामा होइन, संगठन, संख्या र साझा रणनीतिमा अघि बढ्ने संकेत यस भेलाले दिएको उनीहरूको बुझाइ छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव