emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

इञ्जिनियर्स एसोसिएसन मधेसका पूर्व अध्यक्ष नन्दकिशोर यादव जसपा नेपाल प्रवेश

source e-Madhesh २०८२ पुस २४ गते , बिहीबार
0
Shares
104
Views
इञ्जिनियर्स एसोसिएसन मधेसका पूर्व अध्यक्ष नन्दकिशोर यादव जसपा नेपाल प्रवेश

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २४ पौष ।
नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष इञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले इञ्जिनियर यादवलाई खादामाला लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभयो ।
धनुषा जिल्लाको सबैला नगरपालिका–६ निवासी इञ्जिनियर यादव यसअघि नेपाली कम्युनिस्ट पार्टीको मधेस प्रदेश समिति सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्यका रूपमा सक्रिय रहँदै आएका थिए । इञ्जिनियरिङ क्षेत्रसँगै राजनीतिक र संगठनात्मक गतिविधिमा लामो समयदेखि सक्रिय रहनुभएका यादवले पूर्वाधार विकास, नीति निर्माण र प्राविधिक क्षेत्रका सवालमा उल्लेख्य अनुभव हासिल गर्नुभएको छ ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले इञ्जिनियर नन्दकिशोर यादवको आगमनले मधेस प्रदेशमा जसपा नेपालको संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा अनुभवी व्यक्तिहरू पार्टीमा जोडिनु सकारात्मक संकेत भएको उल्लेख गर्दै मधेसका मुद्दा, संघीयता, समावेशिता र विकासका एजेन्डालाई अझ प्रभावकारी ढंगले अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, कार्यकारिणी समिति सदस्य दीपक कार्की लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यसै अवसरमा हालै जसपा नेपालमा प्रवेश गरेका रेणुकुमारी यादव र प्रदीप यादव पनि कार्यक्रममा सहभागी थिए ।
पार्टी प्रवेश गर्दै इञ्जिनियर यादवले मधेसको विकास, सामाजिक न्याय र समावेशी लोकतन्त्रका सवालमा जसपा नेपालको नीति र दृष्टिकोणसँग आफू सहमत रहेको जनाउँदै पार्टीको संगठन विस्तार र जनआधार मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव