emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्डरी स्कुल भारदहका छात्र -छात्राहरूको शैक्षिक भ्रमण

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
47
Views
रोयल सेकेन्डरी स्कुल भारदहका छात्र -छात्राहरूको शैक्षिक भ्रमण

भूपदेव माली 
पौष २० गते, सप्तरी।
रोयल सेकेन्डरी स्कुल भारदहका कक्षा ११ र १२ का विद्यार्थीहरूले शैक्षिक भ्रमण (अवलोकन) गरेका छन्। 
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा, भारदह स्थित रहेको रोयल सेकेन्डरी स्कुलको आयोजनामा शनिबार बिहानै निस्केका विद्यार्थीहरूले मोरङ जिल्लाको बेलबारीस्थित बेतना सिमसारमा पिकनिक सम्पन्न गर्दै विभिन्न स्थानहरूको अवलोकन गरेका हुन् ।
विद्यार्थीहरूलाई विभिन्न स्थान, विभिन्न जीवजन्तुहरू र विभिन्न जात जातिको पहिरन, रहनसहन अध्ययन गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको शैक्षिक भ्रमण यस वर्ष पनि पहिलो पल्ट कक्षा ४ देखि कक्षा १० सम्मका बालबालिकाहरुलाई भ्रमण सकाएपछि दोस्रो पल्ट कक्षा ११ र १२ का छात्र - छात्राहरुलाई कोशी प्रदेशको विभिन्न स्थानहरु अवलोकन गर्ने कार्य सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल देवनाथ यादवको नेतृत्वमा विद्यालयका अध्यापक तथा ४८ जना विद्यार्थीहरू सहभागी भएको भ्रमण टोली सुनसरी र मोरङका विभिन्न स्थानहरू अवलोकन गर्दै बेतना सिमसार पिकनिक स्पोटमा पिकनिक मनाएपछि फर्केका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार