emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी करोडौँ कुम्ल्याएको आरोपमा भू–माफियाविरुद्ध उजुरी

source e-Madhesh २०८२ पुस २४ गते , बिहीबार
0
Shares
41
Views
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी करोडौँ कुम्ल्याएको आरोपमा भू–माफियाविरुद्ध उजुरी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २४ पौष ।
 काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४ का स्थानीयहरूले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी करोडौँ रुपैयाँ कुम्ल्याइएको आरोप लगाउँदै भू–माफियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी दिएका छन् ।
स्थानीयका अनुसार परापूर्वकालदेखि गौचरणका रूपमा प्रयोग हुँदै आएको तथा २०२१ सालको नापीमा जंगल कायम गरिएको काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा नं. २ (हाल नमोबुद्ध नपा–४) स्थित कित्ता नं. ३०४ को ११–११–२–० क्षेत्रफलको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी अवैध रूपमा बेचबिखन गरिएको हो ।
उक्त जग्गा ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले व्यक्तिगत नाममा दर्ता गराई प्रति आना ७ लाखदेखि १० लाख रुपैयाँसम्ममा बिक्री गरी करोडौँ रुपैयाँ आर्जन गरेको स्थानीयको दाबी छ । उनीहरूका अनुसार सो जग्गा छुट जग्गाको नाममा दर्ता गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको हो ।
उजुरीमा यस प्रकरणमा भू–माफियासँगै काभ्रेपलाञ्चोकका मालपोत कार्यालय प्रमुख, नापी कार्यालय प्रमुख तथा नमोबुद्ध नगरपालिका–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीको समेत प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ ।
स्थानीयहरूले अवैध रूपमा कब्जा गरिएको सार्वजनिक जग्गा संरक्षण गरी पुनः सरकारी स्वामित्वमा ल्याउन र यस कार्यमा संलग्न सबैलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । उजुरीमाथि सम्बन्धित निकायले छानबिन अघि बढाउने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव