emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पल्सर खेलकुद पुरस्कार–२०८१ सम्पन्न, पोखरा एभेन्जर्सद्वारा हिमनदी संरक्षण सन्देश

source e-Madhesh २०८२ पुस २४ गते , बिहीबार
0
Shares
43
Views
पल्सर खेलकुद पुरस्कार–२०८१ सम्पन्न, पोखरा एभेन्जर्सद्वारा हिमनदी संरक्षण सन्देश

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २४ पौष ।
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर खेलकुद पुरस्कार–२०८१ विभिन्न विधामा सम्पन्न भएको छ । कार्यक्रममा वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक तथा खेलकुद संस्थाहरूलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा पोखरा एभेन्जर्स क्रिकेट टोलीले खेलकुदसँगै वातावरणीय जिम्मेवारीलाई जोड्दै ‘हिमनदी संरक्षण’ सम्बन्धी सन्देश प्रवाह गरेको छ । पोखरा एभेन्जर्सका अध्यक्ष इञ्जिनियर सुबोध त्रिपाठीले हिमालय क्षेत्रका हिमनदीहरू तीव्र रूपमा पग्लिँदै जानु गम्भीर चिन्ताको विषय बनेको बताउँदै खेलकुदजस्तो लोकप्रिय माध्यमबाट जनचेतना फैलाउने उद्देश्यले यो अभियान अघि बढाइएको जानकारी दिए ।
अध्यक्ष त्रिपाठीका अनुसार हिमनदीहरू नेपालको जलस्रोत, कृषि, पर्यटन र समग्र जीवन प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदा भविष्यमा खानेपानी, ऊर्जा उत्पादन र प्राकृतिक सन्तुलनमा गम्भीर असर पर्न सक्ने भएकाले सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
पोखरा एभेन्जर्सले प्रतियोगिताका क्रममा पहिरन, सार्वजनिक प्रस्तुति तथा विभिन्न कार्यक्रममार्फत हिमनदी संरक्षणको सन्देश प्रवाह गर्दै आएको जनाएको छ । खेलकुद केवल प्रतिस्पर्धा र मनोरञ्जनमा सीमित नभई सामाजिक तथा वातावरणीय उत्तरदायित्व वहन गर्ने सशक्त माध्यम हुन सक्ने अध्यक्ष त्रिपाठीको भनाइ छ ।
खेलकुद पुरस्कार समारोहमा पोखरा एभेन्जर्सको यस पहललाई सहभागीहरूले सकारात्मक रूपमा लिँदै खेल र वातावरणलाई जोड्ने प्रयासले युवा पुस्तामा चेतना अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव