emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सामाजिक सद्भाव र शान्ति कायम राख्न उपराष्ट्रपति यादवको अपिल

source e-Madhesh २०८२ पुस २२ गते , मंगलबार
0
Shares
108
Views
सामाजिक सद्भाव र शान्ति कायम राख्न उपराष्ट्रपति यादवको अपिल

लिलाकान्त यादव,
काठमाडौँ, २२ पौष ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पछिल्ला दिनहरूमा मुलुकका केही भूभागमा देखिएका सम्प्रदायगत असमझदारी, वैमनस्यता र द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन् ।
मंगलबार जारी सार्वजनिक अपिलमार्फत उपराष्ट्रपति यादवले नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजका रूपमा परिभाषित गरेको स्मरण गराउँदै प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरिएको उल्लेख गरेका छन् । उनले नेपालको शक्ति विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित रहेको बताए ।
उपराष्ट्रपति यादवले सबै धर्म, सम्प्रदाय र समुदाय एउटै राष्ट्रिय परिवारका सदस्य भएको उल्लेख गर्दै भाइचारा, सहअस्तित्व र परस्पर विश्वासलाई अक्षुण्ण राख्नु साझा कर्तव्य भएको बताए । उनले धार्मिक वा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण नभई समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गर्न आग्रह गरे ।
कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन र संवाद, मेलमिलाप तथा सहयोगलाई प्राथमिकता दिन उपराष्ट्रपति यादवले नागरिकलाई अनुरोध गरेका छन् । साथै स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजलाई मिलेर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
मुलुकको अवस्था संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नुपर्ने सन्दर्भमा उपराष्ट्रपति यादवले शान्ति, संयम र सद्भाव कायम गर्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव