emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जेनजी समावेशी युवा जागरण पार्टी घोषणा, माग पूरा गर्न सडक संघर्षको चेतावनी

source e-Madhesh २०८२ पुस २२ गते , मंगलबार
0
Shares
88
Views
जेनजी समावेशी युवा जागरण पार्टी घोषणा, माग पूरा गर्न सडक संघर्षको चेतावनी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २२ पौष ।
 जेनजी समावेशी युवा जागरण पार्टीको औपचारिक घोषणा भएको छ । जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्षमा उत्रिने चेतावनी दिँदै पार्टीले नयाँ वैकल्पिक राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेको हो ।
मंगलबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध युवाको नेतृत्वमा सशक्त आन्दोलन अघि बढाउने स्पष्ट पारेको छ । पार्टी अध्यक्ष जीपी पोखरेलले युवाको सक्रिय सहभागितामा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्नु पार्टीको मुख्य उद्देश्य रहेको बताए ।
उनले बढ्दो बेरोजगारी, भ्रष्टाचार, महँगी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याले जनताको जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै ती समस्या समाधान गर्न पुराना दलहरू असफल भएको आरोप लगाए । “युवामुखी नयाँ राजनीतिक शक्तिको आवश्यकता छ,” अध्यक्ष पोखरेलले भने ।
अध्यक्ष पोखरेलले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार चुनाव गराउनमै सीमित भएको आरोप लगाउँदै जेनजी आन्दोलनको म्यान्डेट बिर्सिएको दाबी गरे । आन्दोलनका उपलब्धि खेर जान नदिन नयाँ पार्टी घोषणा गर्नुपरेको उनको भनाइ थियो । उनले माग पूरा नभए फेरि आन्दोलनमा जान बाध्य नबनाउन सरकारलाई चेतावनीसमेत दिए ।
पार्टीका उपाध्यक्ष डेनिज पोखरेलले सबै जातजाति, भाषा, संस्कृति र वर्गको समान अधिकार सुनिश्चित गर्दै समावेशी लोकतन्त्रलाई बलियो बनाउने पार्टीको लक्ष्य रहेको बताए । शिक्षा र स्वास्थ्य निःशुल्क तथा गुणस्तरीय बनाउन, रोजगारी सिर्जनामा राज्यले अग्रसर भूमिका खेल्न र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउनुपर्ने माग उनले राखे ।
सचिवालय सदस्य डा. रामगोपाल श्रेष्ठले महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई राज्यका सबै निकायमा समान अवसर दिनुपर्नेमा जोड दिँदै युवालाई वैचारिक रूपमा सचेत भई राजनीतिमा सक्रिय हुन आह्वान गरे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव