emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश, संगठन थप सुदृढ हुने विश्वास

source e-Madhesh २०८२ पुस २२ गते , मंगलबार
0
Shares
138
Views
पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश, संगठन थप सुदृढ हुने विश्वास

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २२ पौष ।
 नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा औपचारिक रूपमा प्रवेश गरेका छन् । काठमाडौँस्थित जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै उमेश यादवले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको प्रभावकारी कार्यान्वयन तथा मधेशका अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी रहेको बताए । यही कारण आफू जसपा नेपालमा आबद्ध भएको उल्लेख गर्दै उनले पार्टीको नीति, सिद्धान्त र कार्यदिशालाई पूर्ण रूपमा अवलम्बन गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष उपेन्द्र यादवले पूर्वमन्त्री उमेशको प्रवेशले पार्टी संगठन थप बलियो बन्ने विश्वास व्यक्त गरे । मधेश आन्दोलन, समावेशी लोकतन्त्र र संघीयताको संस्थागत विकासका लागि अनुभवी नेताहरूको भूमिकाले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी बनाउने उनको भनाइ थियो ।
लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय उमेश यादव प्रचण्ड नेतृत्वको नेकपामा केन्द्रीय सदस्य रहेका थिए । उनी सप्तरी–२ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा संलग्न यादवले जनयुद्धका क्रममा विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
उनले नेकपा (माओवादी)मा सेल कमिटीदेखि केन्द्रीय सदस्यसम्म जिम्मेवारी सम्हालिसकेका छन् । साथै मधेशी राष्ट्रिय मुक्ति मोर्चा सप्तरी संयोजक, जिल्ला जनसरकार प्रमुख, जनमिलिसिया कमिसार, जनमुक्ति सेनाको बटालियन कमिसार तथा वाईसीएल नेपालको मिथिला क्षेत्र संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।
कार्यक्रममा जसपाका नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, महासचिव तथा मधेश प्रदेशका संस्थापक मुख्यमन्त्री लालबाबु राउत, महासचिव रामकुमार शर्मा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव