emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

धनुषाको मस्जिद तोडफोड घटनाको विरोधमा वीरगञ्ज तनावग्रस्त

source e-Madhesh २०८२ पुस २० गते , आइतबार
0
Shares
38
Views
धनुषाको मस्जिद तोडफोड घटनाको विरोधमा वीरगञ्ज तनावग्रस्त

ईमधेश न्यूज सम्वाददाता,
विरगंज, २० पौष ।
धनुषामा मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको घटनाको विरोधमा आइतबार वीरगञ्ज तनावग्रस्त बनेको छ । धनुषाको कमला नगरपालिका–६, सखुवा मरानमा शनिबार भएको उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै वीरगञ्जका मुस्लिम समुदाय सडकमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले जनकपुर घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै वीरगञ्जको घण्टाघर, छपकैया लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोडसमेत गरेका छन् ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार हाल वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शनिबार धनुषामा भएको घटनामा केही हिन्दु युवाहरूले मस्जिदमा तोडफोड गरी धार्मिक ग्रन्थ जलाएको आरोप छ । यसअघि सामाजिक सञ्जालमा दुई जना मुस्लिम युवाले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोका कारण उत्पन्न विवादपछि आक्रोशित हिन्दु युवाहरूले प्रहरी चौकी घेराउ गरेका थिए । प्रहरीले भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
तर अनुसन्धान जारी रहँदै गर्दा केही युवाहरूले मस्जिदमा क्षति पु¥याएपछि स्थिति थप तनावग्रस्त बनेको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव