emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको वन मन्त्रालयलाई ध्यानाकर्षण

source e-Madhesh २०८२ पुस २० गते , आइतबार
0
Shares
36
Views
प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको वन मन्त्रालयलाई ध्यानाकर्षण

ईमधेश सम्वाददाता,
हेटौँडा, २० पौष । 
 बागमती प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (O&M) संरचना पुनर्लेखनको प्रक्रिया अघि बढिरहेको सन्दर्भमा वन क्षेत्रका तीन प्रमुख पेसागत सङ्घसंस्थाले प्राविधिक जनशक्ति कटौती नगर्न माग गर्दै मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
नेपाल वन प्राविधिक सङ्घ (NFA), नेपाल वन प्राविधिक सङ्घ (NEFTA) र जुनियर फरेस्टर्स एसोसिएसन नेपाल (JFAN) बागमती प्रदेश कार्यसमितिले संयुक्त रूपमा बुझाएको ध्यानाकर्षण पत्रमा मौजुदा दरबन्दी कटौती हुँदा वन, वातावरण, वन्यजन्तु तथा जलाधार संरक्षणमा प्रत्यक्ष नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।
प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायत अन्य कानुन तर्जुमा भइरहेका बेला O&M संरचना पुनर्लेखन गर्दा बागमती प्रदेशको जैविक विविधता र पर्यावरणीय संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उनीहरूको माग छ । छोटो समयमै प्राविधिक कार्यालयहरूमा कार्यरत जनशक्ति कटौती गरिए सेवा प्रवाह कमजोर हुने र वातावरणीय संरक्षणमा चुनौती थपिने नेपाल वन प्राविधिक सङ्घ बागमतीका अध्यक्ष उत्तम चापागाईँले बताएका छन् ।
सङ्घसंस्थाले वातावरणीय दिगोपन, जनशक्तिको उचित व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर मात्र संरचना पुनर्लेखन गर्न आग्रह गरेका छन् । साथै, दरबन्दी कटौतीको सट्टा प्राविधिक जनशक्तिको सीप अभिवृद्धि, क्षमता विकास र प्रोत्साहनका कार्यक्रम अघि बढाउन सुझाव दिएका छन् ।
ध्यानाकर्षण पत्रमा कर्मचारी सङ्घसंस्था, विज्ञ तथा सरोकारवालाको रायलाई समेट्दै व्यापक अध्ययनपछि मात्र निर्णय लिनुपर्ने उल्लेख छ । संयुक्त पत्रमा NFA बागमतीका अध्यक्ष उत्तम चापागाईँ, NEFTA बागमतीका अध्यक्ष वसन्तराज गौतम र JFAN बागमतीका अध्यक्ष राजेश कुमार साहले हस्ताक्षर गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयले सरोकारवालाको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने उनीहरूको जोड छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव