emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संसद पुनःस्थापनाको मागविरुद्ध जेनजीको चेतावनी, कारबाही नभए कडा आन्दोलन

source e-Madhesh २०८२ पुस १९ गते , शनिबार
0
Shares
48
Views
संसद पुनःस्थापनाको मागविरुद्ध जेनजीको चेतावनी, कारबाही नभए कडा आन्दोलन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, १९ पौष ।
संयुक्त जेनजी आन्दोलनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत जिम्मेवार नेताहरूमाथि कारबाही नगरे संसद पुनःस्थापनाको माग उठाउन थाले कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका अगुवाहरूले विघटित प्रतिनिधिसभा पुनःस्थापना सम्भव नरहेको स्पष्ट पारेका हुन् ।
आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले संसद पुनःस्थापनाको विषयले आफूहरू गम्भीर रूपमा झस्किएको बताए । जेनजी आन्दोलनको बलिदान र संघर्षबाट भएको परिवर्तनलाई संस्थागत गर्नुपर्ने बेला पुराना शक्ति पुनः सक्रिय हुनु आन्दोलनमाथिको विश्वासघात भएको उनको भनाइ थियो । “जेनजीको बलबाट आएको परिवर्तनलाई उल्ट्याउने कुनै पनि प्रयास हामी स्वीकार गर्दैनौँ,” उनले भने ।
आन्दोलनका केन्द्रीय सचिवालय सदस्य सुनिल सिंहले विघटित संसद पुनःस्थापना गर्नु प्रतिगामी सोच र कदम भएको टिप्पणी गरे । “विघटित संसद पुनःस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जीवित बनाउनुजस्तै हो,” सिंहले भने, “यसविरुद्ध हामी कडा आन्दोलनमा उत्रन तयार छौँ ।” उनले जेनजी आन्दोलनले स्थापित गरेको नयाँ राजनीतिक चेतनालाई कमजोर पार्ने प्रयास भए त्यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।
जेनजी नेतृ नर्गिस थापाले आन्दोलनका माग पूरा गराउन आफूहरू निरन्तर सडक संघर्षमा रहेको जानकारी दिइन् । उनले नयाँ र पुराना शक्ति मिलेर जेनजी आन्दोलनको भावना दबाउन खोजिएको आरोप लगाइन् । यस्तै, जेनजी अभियन्ता अमृतकुमार बोहोरालगायत वक्ताहरूले जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन नदिन थप सशक्त संघर्षको खाँचो रहेको बताए ।
जेनजी आन्दोलनले संसद पुनःस्थापनाको कुनै पनि प्रयासलाई अस्वीकार गर्दै लोकतान्त्रिक परिवर्तनलाई उल्ट्याउने कदमविरुद्ध पुनः सडक संघर्ष चर्काउने संकेत दिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव