emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

काउन्सिल अध्यक्ष शाहीले भने व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
82
Views
काउन्सिल अध्यक्ष शाहीले भने व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन

मधेश न्यूज सम्वाददाता,
काठमाडौं, २१ पौष ।
 नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले दक्ष युवाहरू स्वदेशमै बसेर काम गर्ने ठूलो अवसर रहेको बताएका छन्। उनले स्वदेशमा प्राविधिक जनशक्तिको माग बढिरहेको उल्लेख गर्दै मेहनत र संघर्ष गर्ने युवाहरूले व्यवसायिक जीवनमा सफलता प्राप्त गर्ने बताए।
नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तीर्ण १९ औं ब्याचका विद्यार्थीहरूको विदाई कार्यक्रममा अध्यक्ष शाहीले व्यवसायिक जीवनका चुनौती र अवसरबारे प्रेरणादायी विचार राखेका थिए।
उनले शैक्षिक जीवनमा नम्बर महत्त्वपूर्ण भए पनि व्यवसायिक जीवनमा केवल “पास“ वा “फेल“ को अर्थ राख्ने बताए। जीवनमा निरन्तर परीक्षाहरूको सामना गर्न तयार हुनुपर्ने भन्दै इमान्दारिता, नैतिकता, र लगनशीलताको महत्त्वमा जोड दिए।
शाहीका अनुसार विश्वविद्यालयले ज्ञान दिन्छ, तर सीप प्रदान गर्न सक्दैन। सीप सिक्न हरेक दिन आफ्नो फिल्डमा अध्ययन गर्दै नयाँ कुरा जान्नुपर्ने बताए।
इन्जिनियरिङ क्षेत्रमा विगतको तुलनामा अब राम्रो स्कोप रहेको उल्लेख गर्दै उनले स्वदेशमै दक्ष जनशक्ति रहने वातावरण बनाउन सबै पक्षले ध्यान दिनुपर्ने बताए।
कार्यक्रमका विशिष्ट अतिथी पूर्वसचिव मनिराम गेलालले सरकारी सेवामा इन्जिनियरहरूको कमीप्रति चिन्ता व्यक्त गर्दै नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा विदेश पलायनको समस्या बढेको बताए। उनले नीति सुधार गर्दै नयाँ प्रतिभाशाली इन्जिनियरहरूलाई अवसर दिनुपर्नेमा जोड दिए।
गेलालले भने, “हाम्रो पोलिसीमा कमजोरी छ। कन्सल्टिङ सेवाका लागि अनुभवको आधारमा मात्र जनशक्ति माग्दा नयाँ प्रतिभाहरू अवसर खोज्दै बस्नुपरेको छ। यो प्रवृत्ति चेञ्ज गर्न आवश्यक छ।“
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरू कलेजका ब्रान्ड एम्बेसडर भएको उल्लेख गर्दै व्यवसायिक जीवनमा नैतिकता र अनुशासन पालन गर्न आग्रह गरे।
कलेज सञ्चालक समिति सदस्य प्रा. सावित्री त्रिपाठीले व्यवसायिक जीवनमा नैतिकता, इमान्दारिता, र निरन्तर सिकाइको महत्त्वमा जोड दिइन्।
सहायक प्राचार्य मोहनध्वज केसीले कलेजले भविष्यमा पनि विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।
विद्यार्थीहरूले आफ्नो चारवर्षे अध्ययनकालका सम्झनाहरू बाँडे। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न अवार्डहरू प्रदान गरिएको थियो ।चेयरमेयर गोल्ड अवार्डः राजेन्द्र पौडेल र शीतल पाण्डे दिएका थिए ।
प्रोग्राम टपर अवार्डः राजेन्द्र पौडेल, शीतल पाण्डे, र विवेक भण्डारी दिएका थिए । विषयगत अवार्ड पनि प्रदान गरिएको थियो ।
कार्यक्रमले व्यवसायिक जीवनमा नयाँ अध्याय सुरू गर्न लागेका इन्जिनियरहरूलाई मार्गदर्शन र प्रेरणा दिएको छ। स्वदेशमै अवसरहरूको उपयोग गरी दक्ष जनशक्ति उत्पादनमा योगदान दिनसक्ने वातावरण निर्माणमा यी नयाँ इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक