emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भाग्य लक्ष्मी आयल ट्रेडर्स बोदेबरसाइनले उपभोक्तालाई ठगी गरेको खुलासा

source e-Madhesh २०८२ पुस १८ गते , शुक्रबार
0
Shares
353
Views
भाग्य लक्ष्मी आयल ट्रेडर्स बोदेबरसाइनले उपभोक्तालाई ठगी गरेको खुलासा

भूपदेव माली, 
राजविराज, १८ पौष ।
 सप्तरीको बोदे बर्साइन नपा वडा नम्बर ५ स्थित भाग्यलक्ष्मी आयल ट्रेडर्स पेट्रोल पम्पले उपभोक्तालाई ठगी गरेको खुलासा भएको छ।
बिहिबार बेलुकी रोयल सेकेन्डरी स्कुल पोर्ताहा ३ का स्कुल बस र एक स.१च ९५५ नं. को  एसकार्पियोको टंकी भित्र डिजल  नै नदिई  मिटर  रिडिङ  मात्र हुने प्रक्रिया प्रयोग गरी रकम ठगी गरेको खुलासा भएको हो।
रोयल सेकेन्डरी स्कुलका स्कुल बसमा डिजल हाल्दै गरेको अवस्थामा  ड्राइभरले ट्याङ्कीभित्र डिजल होइन हावा मात्र गइरहेको भनेपछि पेट्रोल पम्पको कर्मचारीले  पम्पमा सेन्सर लागेकोले फुल भएपछि आफै अफ हुन्छ ’ मिटर चलेपछि तेल गएको छ’ बताएपछि बसका चालक तत्काल चुप्प लागे। एकछिनमै स्कार्पियोका चालक रमेश यादवले स्कार्पियोमा डिजल हाल्न लाग्दा हावा मात्र गइरहेको खुलासा भएपछि ट्याङ्की चेक गर्दा एक थोपा पनि तेल नगएको देखेर वादविवाद सुरु भयो।
बस तथा स्कार्पियोका चालकले एक लिटरको पैसा भुक्तान गर्न मानेपछि एउटा बाल्टिनमा डिजल हाल्न लगाउँदा बाल्टिनमा डिजल नआउने तर मिटर रिडिङ भइरहने पुष्टि भएपछि  तत्काल इलाका प्रहरी कार्यालय बोदे बर्साइनलाई सूचना दिँदा तत्कालै पेट्रोल पम्पमा वरिष्ठ प्रहरी नायब निरीक्षक सहितका टोली पुग्दा  पेट्रोल पम्पका कर्मचारीहरूले आफ्नो गल्ती स्वीकार गरेर रकम फिर्ता गरेका थिए। यद्यपि पेट्रोल पम्पका कर्मचारीहरूले उपभोक्ताहरुलाई पम्पमा प्राविधिक क्रुटि  गरेर रकम ठगी गर्ने अपराध गरेको पुष्टि भएपनि प्रहरीद्वारा कुनै कारबाही नगरी मुखदर्शक नै रहेको उपभोक्र्ताहरूले गुनासो गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव