emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सशस्त्र प्रहरीको गोली लागेर स्थानीयको मृत्यु, पाँच बुँदे सहमतिपछि तनाव कम

source e-Madhesh २०८२ पुस १७ गते , बिहीबार
0
Shares
123
Views
सशस्त्र प्रहरीको गोली लागेर स्थानीयको मृत्यु, पाँच बुँदे सहमतिपछि तनाव कम

लिलाकान्त यादव,
इनरुवा, १७ पौष ।
सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव पाँच बुँदे सहमतिसँगै नियन्त्रणमा आएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच बिहीबार भएको वार्ताले सहमति जुटेपछि अवस्था सामान्यतर्फ उन्मुख भएको हो ।
बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर नेपाल फर्कँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयले प्रदर्शन गर्दै प्रहरीसँग झडप गरेका थिए भने सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा समेत आक्रमण भएको थियो ।
घटनापछि उत्पन्न तनाव समाधानका लागि प्रशासनले पीडित पक्षसँग वार्ता गरेको थियो । वार्ताबाट पाँच बुँदे सहमति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि रहनेछन् र सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।
छानबिनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा मृतक परिवारलाई नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ । साथै मृतक विजय साहकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीले पहल गर्नेछन् । मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुन चाहेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार सहयोग गर्ने सहमति पनि भएको छ ।
सहमति भएसँगै शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाइने र त्यसपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय भएको छ । प्रशासनले शान्ति कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव