emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तिलाठी कोईलाडी गाउँपालिका ‘बालविवाहमुक्त गाउँपालिका’ घोषणा

source e-Madhesh २०८२ पुस १७ गते , बिहीबार
0
Shares
37
Views
तिलाठी कोईलाडी गाउँपालिका ‘बालविवाहमुक्त गाउँपालिका’ घोषणा

लिलाकान्त यादव,
राजविराज, १७ पौष ।
तिलाठी कोईलाडी गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्दै समाजलाई स्वस्थ र सुरक्षित बनाउने उद्देश्यसहित बुधबार विशेष समारोहका बीच आफूलाई ‘बालविवाहमुक्त गाउँपालिका’ घोषणा गरेको छ।
घोषणा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ–संस्था, विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अपरिहार्य भएको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र बालविवाहसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइयो। घोषणामार्फत बालविवाहविरुद्ध सामुदायिक प्रतिबद्धता सार्वजनिक गरिएको थियो।
यस अवसरमा विद्यालय, अभिभावक, महिला समूह तथा युवा समूहहरूले बालविवाह हुन नदिन सक्रिय भूमिका खेल्ने संकल्पसमेत व्यक्त गरेका छन्। सहभागीहरूले बालविवाहका दीर्घकालीन सामाजिक, स्वास्थ्य र शैक्षिक असरबारे समुदायमा निरन्तर सचेतना फैलाउने प्रतिबद्धता जनाए।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस जनमतका केन्द्रीय अध्यक्ष अवधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैधनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकर बहादुर सार्की तथा बाल कल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन दीपक कुमार मण्डलले गरेका थिए। गाउँपालिकाले आगामी दिनमा पनि बालविवाहविरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव