emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एमबिबिएसको छात्रवृत्तिमा नाम निकाल्न सफल दलित विद्यार्थी दासलाई मधेश न्युज द्वारा सम्मान 

source e-Madhesh २०८२ पुस १६ गते , बुधबार
0
Shares
113
Views
एमबिबिएसको छात्रवृत्तिमा नाम निकाल्न सफल दलित विद्यार्थी दासलाई मधेश न्युज द्वारा सम्मान 

भुपदेव माली,
राजविराज, १६ पौष ।
दलित कोटाबाट एमबिबिएसमा नाम निकाल्न सफल भएका दलित विद्यार्थी ओम प्रकाश दासलाई मंगलबार एक कार्यक्रम बीच मधेस न्युजले सम्मान गरेका छन्।
सप्तरीको बोदे– बर्साइन नपा वडा नं १० स्थित राष्ट्रिय आधारभूत विद्यालयको ५३ औँ वार्षिक उत्सव समारोह बीच सोही वडामा घर भएका विद्यार्थी दासले एमबिबिएस मा दलित कोटाबाट पूर्ण अङ्क ल्याएकाले मधेस न्युजका पत्रकार उमेश यादवले सम्मान गरेका हुन्।
साधारण परिवारमा जन्मे – हुर्केका विद्यार्थी दासले यसै विद्यालयबाट कक्षा ८ सम्म अध्ययन गरिएको थियो।
विद्यालय वार्षिक उत्सव समारोहका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादवले ’आफू पनि यस विद्यालयमा अध्ययन गरिएकोले एमबीबिएसमा अध्ययनरत आफ्नो छोरा  सौरभ यादवको चैत्र १५ गते जन्मदिनको अवसरमा  बुबा रामकिसुन यादवको हातबाट   पंखा एवं कुर्सीहरु प्रदान गरिने’ प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नै बुबाआमाको नामबाट सञ्चालन गरिएको ’अमरैया  कौशल्या रामकिसुन यादव विद्यालय’ सञ्चालन गर्दै आएकोमा नगरपालिका एवं वडा कार्यालयबाट पाउने अनुदान यस राष्ट्रिय आधारभूत विद्यालयलाई नै दिनुपर्ने आग्रह समेत गरे।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नम्बर १० का वडाध्यक्ष सुनित कुमार यादवले आफ्नो बुबा प्रधान पञ्च भएको बेलामा यो विद्यालयको स्थापना भएकोले र आफू पनि यसै विद्यालयमा अध्ययन समेत गरिएकोले विद्यालयलाई माया  गर्दै आफू दोस्रोपटक वडाध्यक्षको रुपमा रहँदै यस विद्यालयलाई भौतिक पूर्वाधारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको र निकट भविष्यमा माध्यमिक स्तरको विद्यालय स्थापना गर्ने प्रयत्न गरिरहेको बताए।
कार्यक्रममा अर्को विशिष्ट अतिथि नपाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले विद्यालयलाई आवश्यक सहयोगमा निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनु दासको अध्यक्षता एवं शिक्षक गंगाराम शाहले कार्यक्रम सञ्चालन गरिएको समारोहमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, वडा नं १० का वडा सदस्यहरू, समाजसेवी, बुद्धिजीवीहरू लगायत सैकडो मानिसहरूको  उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षिका कविता यादवले स्वागत मन्तव्य राखेकी थिइन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव