emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजलाई ध्यानाकर्षण 

source e-Madhesh २०८२ पुस १५ गते , मंगलबार
0
Shares
193
Views
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजलाई ध्यानाकर्षण 

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, १५ पौष ।
 इन्टलेक्चुअल फाउन्डेसन नेपालले शिक्षित राजविराज विकसित राजविराज, निर्माण अभियानको क्रममा सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको खस्किदो अवस्थालाई उद्गघृत गर्दै ध्यानाकर्षण गराएका छन्।
सोमबार इन्टेलेक्चुअल फाउन्डेसन नेपालका अध्यक्ष डाक्टर सूर्यप्रसाद यादवले गजेन्द्र नारायण सिंह अस्पतालका स्वास्थ्यकर्मी सहित मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई ९ बुन्दे सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्। 
फाउन्डेसनका अध्यक्ष डाक्टर को हस्ताक्षर भएको लेटरप्याडमा ICU को समान खरिद भई सेवा सुचारू हुनुपर्नेमा ३ वर्ष देखि अस्पतालको गोदाममा अल्पन्न अवस्थामा थन्किरहनु, यस अघि संचालनमा रहेको HDU सेवा लामो समयदेखि एउटा सुचनाको भरमा बन्द रहनु , NICU मा पटक पटक आगलागिको घटना हुने गरेको र सोही बहानामा बन्द गर्नु , OPD र ईमर्जेन्सी वार्डमा नेपाल सरकारले तोकिएको खाजा समय बाहेक चिकित्सकहरू नियमित रूपमा डयूटीमा खटिनुपर्नेमा त्यसो नदेखिनु, तर सोही समयमा केही चिकित्सकहरू निजि क्लिनिकमा भेटिनु, अस्पतालले नियमित रूपमा औषधी खरिद गर्दै आएको देखिए पनि नेपाल सरकारद्वारा विमा सेवा र ईमर्जेन्सीको लागि तोकिएको औषधी विरामीले नपाउनु, ल्यावको कर्मचारीहरू बाहिर ल्याव संचालन गरी उक्त ल्याबको परिक्षण अस्पतालको ल्याबबाट हुनु, अस्पतालको सरसफाईको अवस्था अत्यन्त नाजुक हुतु, ईमर्जेन्सी वार्ड र वार्डको विरामीको सेवामा खटिने चिकित्सकहरूको ड्रेसिङरूमको अवस्था बस्ने लायक नहुनुको साथै ईमर्जेन्सी वार्डमा प्रवेश गर्ने र बाहिरिने बाटो समेत विरामीको लागि सहज नहुनु, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा करार सेवामा छिर्ने कर्मचारीहरूको छनौट राम्रो भन्दा हाम्रो मापदण्डबाट हुनु पर्ने उल्लेख गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव