emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तमु ल्होसारको अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

source e-Madhesh २०८२ पुस १५ गते , मंगलबार
0
Shares
131
Views
तमु ल्होसारको अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

लिलाकान्त यादव,
काठमाडौँ, १४ पौष ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
पुस १५ गते मनाइने तमु ल्होसारले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने गुरुङ समुदायको मौलिक परम्परालाई उजागर गर्ने उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयो। उहाँका अनुसार यस पर्वले गुरुङ समुदायको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै पारिवारिक तथा सामुदायिक जीवनमा आत्मीयता, भाइचारा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ।
कृषि चक्र र सूर्यको गतिसँग सम्बन्धित ल्होसारले प्रकृति र जीवनशैलीबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूजापाठ, रैथाने परिकार, मौलिक नाचगान, दोहोरी तथा सांस्कृतिक गतिविधिहरूले सामुदायिक आस्था र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने बताउनुभयो।
तमु ल्होसारले पुराना कमजोरी त्यागी नयाँ वर्षलाई उत्साह र सकारात्मक सोचसहित स्वागत गर्ने प्रेरणा दिने भन्दै उहाँले यस पर्वले सामाजिक एकता, आपसी विश्वास र राष्ट्रिय सद्भावलाई मजबुत बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ सबैलाई अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव