emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

दीपेन्द्र अग्रवाललाई फसाउने प्रयासमा अदालतको ब्रेक, धरौटीमा रिहा

source e-Madhesh २०८२ पुस १४ गते , सोमबार
0
Shares
45
Views
दीपेन्द्र अग्रवाललाई फसाउने प्रयासमा अदालतको ब्रेक, धरौटीमा रिहा

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, १४ पौष ।
 सेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नेतृत्वमा भएको कारबाही प्रयासलाई अदालतले रोक लगाएको छ । सेबोनभित्रको भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध आवाज उठाउँदै आएका चर्चित सेयर कारोबारी तथा ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई भित्री कारोबारको आरोपमा हिरासतमा राखिरहनु आवश्यक नभएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै अग्रवाललाई थप हिरासतमा राखेर दुःख दिने तथा कडा सजाय गराउने प्रयासमा ब्रेक लागेको छ । सीआईबी स्रोतका अनुसार अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया थालिएको छ ।
अग्रवाललाई करिब १० दिनअघि नेपाल धितोपत्र बोर्डको सिफारिसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । सेयरको भित्री कारोबारमा संलग्न भएको आरोप लगाइए पनि अदालतले अनुसन्धानका लागि निरन्तर हिरासत आवश्यक नदेखिएको जनाएको हो ।
पक्राउपछि अग्रवालले सेबोन अध्यक्ष श्रेष्ठले आफूविरुद्ध पूर्वाग्रही ढंगले कारबाही गराएको आरोप लगाउँदै हिरासतभित्रै अनसन तथा भोकहड्तालसमेत गरेका थिए । परिवारले बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेको थियो । अदालतको आदेशले अब उनी हिरासतबाहिर रहेर मुद्दा लड्न पाउने भएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव