emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर प्राविधिक शिक्षालयमा विदाई समारोह सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
42
Views
हनुमाननगर प्राविधिक शिक्षालयमा विदाई समारोह सम्पन्न

लिलाकान्त यादव,
राजविराज, १४ मंसिर ।
हनुमाननगर प्राविधिक शिक्षालयमा फिप्थ सेमेस्टरका विद्यार्थीहरूद्वारा आयोजित विदाई समारोह भव्य रूपमा सम्पन्न भएको छ। शिक्षालयका संयोजक ई. मनिष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समिति सदस्य दिनेश कुमार यादव रहेको थियो भने विशिष्ट अतिथी हनुमाननगर कंकालिनी नपा वडा नं. ७ का अध्यक्ष राजेश्वर ठाकुर रहेको थियो । उक्त कार्यक्रममा अतिथीको रुपमा शिक्षालयका शिक्षक,शिक्षिका तथा कर्मचारीहरु रहेको थियो ।
 
प्रमुख अतिथी दिनेश कुमार यादवले प्राविधिक शिक्षाको महत्वलाई प्रकाश पार्दै विद्यार्थीहरुलाइृ नयाँ चुनौतीको सामना गर्ने प्रेरणा दिनुभयो । शिक्षालयले प्रदान गरको ज्ञानले विद्यार्थीहरुको जीवनमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गर्दै शिक्षालयको योगदानको प्रशंसा गर्नु भयो । ई. मनिष कुमार यादवले विद्यार्थीसंगको सर्मपण र अनुशासनको प्रशसा गर्दै उनीहरुको उज्जवल भविष्यको कामना गर्नु भयो ।
फिप्थ सेमेस्टरका विद्यार्थीहरू द्वारा आयोजित यो कार्यक्रमले विद्यार्थी र संस्थाबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ।
शिक्षालयका संयोजक, प्रमुख अतिथी र विशिष्ट अतिथी द्वारा विदाई हुने सिक्सथ सेमेष्टरका विद्याथीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमलाई रोमाच.क बनाउनका लागी शिक्षालयमा अध्ययनरत छात्र, छात्राहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव