emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई महासंघ सप्तरीको कार्यवाहक सचिवमा सिफारिस

source e-Madhesh २०८२ पुस १४ गते , सोमबार
0
Shares
275
Views
प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई महासंघ सप्तरीको कार्यवाहक सचिवमा सिफारिस

भुपदेव माली,
राजविराज, १४ पौष ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष डम्बर राईलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यवाहक सचिव (कावा सचिव) का रूपमा पठाउने निर्णय गरिएको छ। हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित भारदहमा सोमबार बसेको प्रेस चौतारी नेपाल सप्तरीको विधिवत बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा गरेको हो।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सचिव पद रिक्त भएपछि महासंघले प्रेस चौतारी नेपाललाई कार्यवाहक सचिव पठाउन औपचारिक रूपमा आव्हान गरेको थियो। महासंघका सचिव पदमा रहेका खगेन्द्र कार्कीले राजीनामा दिएपछि उक्त पद खाली भएको हो। सोही सन्दर्भमा महासंघको विधान र संगठनात्मक प्रक्रियाअनुसार कार्यवाहक सचिव नियुक्तिका लागि चौतारीलाई जिम्मेवारी आएको प्रेस चौतारी नेपाल सप्तरीले जनाएको छ।
प्रेस चौतारी नेपाल सप्तरीका उपाध्यक्ष शिव आचार्यका अनुसार महासंघको नियमावलीअनुसार सचिव पद रिक्त भएमा सह–सचिवले सचिवको जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्था छ। तर महासंघ सप्तरीमा रहेका दुईजना सह–सचिव दुवै प्रेस चौतारी नेपालकै संगठनबाट प्रतिनिधित्व गर्ने भएकाले संगठनभित्र आन्तरिक छलफल र सहमतिपछि अध्यक्ष डम्बर राईलाई कार्यवाहक सचिवका रूपमा पठाउने निर्णय गरिएको हो।
बैठकमा उपस्थित सदस्यहरूले अध्यक्ष राईको पत्रकारिता क्षेत्रमा रहेको अनुभव, संगठनप्रतिको प्रतिबद्धता तथा नेतृत्व क्षमतालाई ध्यानमा राख्दै उनलाई कार्यवाहक सचिवको जिम्मेवारी दिन उपयुक्त ठहर गरेका थिए। चौतारीका केन्द्रीय सदस्य खगेन्द्र कार्कीको राजीनामापछि महासंघको कामकारबाहीलाई निरन्तरता दिन र संगठनात्मक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न अध्यक्ष राईको भूमिका महत्वपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाले महासंघसँग समन्वय गर्दै जिल्लामा पत्रकारहरूको हकहित, पेशागत सुरक्षा, स्वतन्त्र र जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। अध्यक्ष राईलाई महासंघको कार्यवाहक सचिवमा पठाउने निर्णयले महासंघ र चौतारीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
बैठकमा चौतारीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। उनीहरूले महासंघ सप्तरी शाखाको संस्थागत सुदृढीकरण र पत्रकारिताको मर्यादा कायम राख्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव