emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रेणु र प्रदीपले छोडे जसपा नेपाल, उपेन्द्र यादवसँग एकता

source e-Madhesh २०८२ पुस १४ गते , सोमबार
0
Shares
36
Views
रेणु र प्रदीपले छोडे जसपा नेपाल, उपेन्द्र यादवसँग एकता

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं, १४ पौष ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गर्दै अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपासँग एकता गरेका छन् । उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीचको एकता प्रक्रियालाई स्वीकार गर्दै आज उपेन्द्र यादवसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गरिएको सहमति पत्रमा मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहितको समूह जसपा नेपालसँग औपचारिक रूपमा एकीकरण गरिएको उल्लेख छ । सहमति अनुसार पार्टी एकताले मधेश केन्द्रित राजनीतिक शक्तिलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
एकता पछि प्रतिक्रिया दिँदै नेतृ रेणु यादवले मधेश, दलित, पिछडिएका समुदाय तथा उत्पीडित वर्गको अधिकारका लागि एउटै शक्तिशाली राजनीतिक प्लेटफर्म आवश्यक रहेको बताइन् । उनले विभाजित शक्तिहरू एक ठाउँमा आएर राजनीतिक स्थायित्व र समावेशी लोकतन्त्रका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उपमहासचिव प्रदीप यादवले पनि वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीका लागि एकता अपरिहार्य भएको बताए । उनले मधेश आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न साझा राजनीतिक अभियान आवश्यक रहेको धारणा राखे ।
जसपा अध्यक्ष उपेन्द्र यादवले एकताले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै नयाँ जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । पार्टी एकतासँगै मधेश केन्द्रित राजनीतिमा नयाँ समीकरणको संकेत देखिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव