emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अन्तिम मतदाता नामावली प्रकाशन, मतदाता संख्या करिब १ करोड ८९ लाख

source e-Madhesh २०८२ पुस १३ गते , आइतबार
0
Shares
40
Views
अन्तिम मतदाता नामावली प्रकाशन, मतदाता संख्या करिब १ करोड ८९ लाख

 

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं, १४ पौष ।
 निर्वाचन आयोगले संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी नामावली सार्वजनिक गरिएको हो ।
आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गरिएको छ । प्रकाशित नामावलीमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० जना गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश भएका छन् । मतदाताले आयोगको आधिकारिक वेबसाइटमार्फत आफ्नो नाम विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ ।
वि.सं. २०७९ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तुलनामा यस पटक कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । यस अवधिमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ ले बढेका छन् ।
निर्वाचन प्रयोजनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । अघिल्लो निर्वाचनको तुलनामा मतदान स्थल ७५ र मतदान केन्द्र ८८५ ले वृद्धि भएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव