emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा फैलिँदै, सयौँ परिवार संकटमा

source e-Madhesh २०८२ पुस १३ गते , आइतबार
0
Shares
42
Views
काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा फैलिँदै, सयौँ परिवार संकटमा

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं, १४ पौष ।
 छोटो समयमा ठूलो रकम कमाउने लोभमा काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध कारोबार खतरनाक रूपमा फैलिँदै गएको छ। मासिक चर्को ब्याजदरमा गरिने यस कारोबारले सयौँ परिवारको घरजग्गा सखाप पार्दै पारिवारिक विखण्डनसम्मको अवस्था सिर्जना गरेको छ। पीडितहरूको संख्या दिनहुँ बढ्दै जाँदा सामाजिक संरचनामै गम्भीर असर परेको देखिएको छ।
काठमाडौं प्रहरीले दैनिक सयौँ उजुरी आर्थिक लेनदेनसम्बन्धी आउने गरेको जनाएको छ। कतिपय पीडितले एक करोडदेखि चार करोड रुपैयाँसम्म डुबाएको बताएका छन् भने लगानी उठ्न नसकेपछि केही मिटर ब्याजी सम्पर्कविहीन बनेका छन्। यसले आफन्त, साथीभाइ र व्यावसायिक सञ्जालमै अविश्वास र तनाव बढाएको छ।
नागर्जुन नगरपालिका–६ टौखेलस्थित गजेन्द्र मास्के उर्फ मिटरव्याजीको नाम हाल चर्चामा छ। पीडितका अनुसार मास्केले धितो स्वरूप चेक र तमसुक गराएर लाखको दश हजारका दरले ब्याज पहिल्यै कटाउने र पछि चेक बाउन्स गराएर मुद्दा हाल्ने गरेको छ। गाईफार्म व्यवसायी कुमार लामिछानेबाट ७५ लाख लिएर पाँच करोड असुलेको, चामल व्यापारी ताहिर हुसेनबाट २५ लाख लगानी गरी दुई करोड उठाएको तथा न्युरोडका गहना व्यापारी सुरेश सराफबाट १२ लाख लिएर ३० लाख असुली गरी थप ३६ लाखको मुद्दा हालेको पीडितको दाबी छ। सराफका अनुसार धितोमा दिएको १४ केजी चाँदीसमेत फिर्ता गरिएको छैन।
अनुसन्धानमा मिटर ब्याजमा तीन तहका गिरोह सक्रिय रहेको देखिएको छ। पहिलो गिरोहले लगानीका लागि मानिसहरूलाई प्रोत्साहित गर्ने, दोस्रोले बैंक तथा वित्तीय संस्थाबाट ऋण निकाल्ने र तेस्रोले संकलन, कमिसन तथा राजनीतिक संरक्षणको काम गर्ने गरेको बताइन्छ।
यस कारोबारमा बैंकका कर्मचारीसमेत संलग्न रहेको आरोप छ। आकर्षक कमिसनको प्रलोभनमा सजिलै कर्जा प्रवाह हुने गरेको र कतिपय व्यावसायिक कर्जाको पछाडि वास्तविक व्यवसाय नै नदेखिएको गुनासो छ। केही बैंकले शंकास्पद धितो र फर्जी कागजपत्रको विषयमा प्रहरीमा उजुरीसमेत गरेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कानुनी अभावका कारण कारबाही गर्न कठिन भइरहेको बताए। प्रमाणविहीन र संगठित रूपमा फैलिएको यो अपराधले समाज र अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता बढ्दै गएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव