emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

source e-Madhesh २०८२ पुस ११ गते , शुक्रबार
0
Shares
48
Views
बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

ईमधेस न्युज सम्वाददाता 
नेपालगञ्ज, १० पौष । 
बास नेपाल बर्दिया शाखाले बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ । “हुनेबाट नहुनेलाई उपहार, न्यानो बाँडौँ मानवता जोगाऔँ” भन्ने मूल उद्देश्यसहित गुलरियाको राधाकृष्ण चौकमा आयोजित कार्यक्रममा कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।
चिसो मौसममा कोही पनि कपडाविहीन नहोस् भन्ने उद्देश्यका साथ बास नेपाल बर्दिया शाखाका युवाहरूले यो अभियान अघि बढाएका हुन् । आर्थिक सहयोग तथा प्रयोगयोग्य कपडा संकलन गरी विपन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग पु¥याउने लक्ष्य लिइएको आयोजकले बताएका छन् ।
कपडा बैंकको उद्घाटन बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीले रिबन काटेर गर्नुभयो । कार्यक्रममा बास नेपालका केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर विक, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय सदस्य नैन सुनारलगायतको उपस्थिति थियो । उद्घाटनपछि कपडा लिन आएका व्यक्तिहरूलाई कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक शाहले सामाजिक सेवामा शाखाको सक्रियताको प्रशंसा गर्दै कपडा बैंकको दिगो व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रम बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनामको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव