emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा उपराष्ट्रपतिको सम्मान र प्रतिबद्धता

source e-Madhesh २०८२ पुस ११ गते , शुक्रबार
0
Shares
199
Views
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा उपराष्ट्रपतिको सम्मान र प्रतिबद्धता

लिलाकान्त यादव, 
काठमाडौं, ११ पौष ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु र गरिमामय जीवनको शुभकामना दिनुभएको छ। वि.सं. २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा मनाइने यो दिवसले ज्येष्ठ नागरिकप्रतिको राज्य र समाजको दायित्व पुनः स्मरण गराउने उहाँको भनाइ छ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको त्याग, सेवा र योगदान समाजको अमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभयो। संविधान तथा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ ले उनीहरूको विशेष संरक्षण, सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको बताउँदै ती अधिकार प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
उहाँले युवापुस्ताले ज्येष्ठ नागरिकलाई अनुभव र मार्गदर्शनका स्रोतका रूपमा सम्मान गर्नुपर्ने र परिवार तथा समाजमा उनीहरूको गरिमा कायम राख्न सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव