emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

क्रिसमस–डे : प्रेम, शान्ति र सौहार्द्यको महान् पर्व

source e-Madhesh २०८२ पुस १० गते , बिहीबार
0
Shares
174
Views
क्रिसमस–डे : प्रेम, शान्ति र सौहार्द्यको महान् पर्व

आज विश्वभर इसाई धर्मावलम्बीहरूले प्रेम, शान्ति र खुसीको पर्व क्रिसमस–डे हर्षोल्लासका साथ मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक प्रभु येशू ख्रीष्टको जन्मदिनका रूपमा प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाइने यो पर्व मानवता, करुणा र आपसी सद्भावको सन्देश बोकेर आउने गर्छ । धेरै मुलुकहरूमा आज सार्वजनिक बिदा दिइने भएकाले क्रिसमस विश्वव्यापी चाडका रूपमा स्थापित छ ।
क्रिसमसको चर्चा गर्दा जिंगल बेल गीत र घन्टीको धुन स्वतः सम्झनामा आउँछ । सैयौँ साना घन्टीबाट निस्कने “जिंग–जिंग” आवाजले उत्सवको वातावरण सिर्जना गर्छ । औद्योगिक क्रान्तिपछिका वर्षहरूमा गाडी र गाडामा यस्ता घन्टी प्रयोग गरेर बाटोमा हिँड्ने मानिसलाई संकेत दिने चलनसमेत थियो । कालो र गोरा समुदायले एकैसाथ गाएको पहिलो गीतमध्ये मानिने जिंगल बेल आज पनि क्रिसमसको प्रतीक बनेको छ ।
हिउँदको मध्य समयमा मनाइने यो पर्व हिउँ, चिसो सिरेटो र न्यानो आगोसँग जोडिएको छ । विभिन्न ऐतिहासिक दस्तावेजअनुसार येशूको जन्मभन्दा पहिलेदेखि नै युरोपमा आगो र प्रकाशको पर्व मनाउने चलन थियो, जसले समयक्रममा क्रिसमसको रूप लियो । आज संसारभर उपहार साटासाट, भोजभतेर, गिर्जाघरमा प्रार्थना र सामूहिक उत्सवमार्फत क्रिसमस मनाइन्छ ।
क्रिसमसको अर्को प्रमुख आकर्षण क्रिसमस–ट्री हो । सानो धुपीजस्तै देखिने यो रुख सजाएर घर–घरमा राखिन्छ । अमेरिकामात्रै हरेक वर्ष करोडौँ क्रिसमस–ट्री किनबेच हुने गर्छन्, जसलाई तयार हुन कम्तीमा १०–१५ वर्ष लाग्ने तथ्य उल्लेखनीय छ । त्यस्तै, रातो पोशाक, सेतो दाह्री र हाँसिलो अनुहारका सान्टा क्लस बालबालिकाका लागि विशेष आकर्षण हुन् । उपहार बाँड्ने विश्वासका कारण धेरै बालबालिका सान्टाको प्रतीक्षामा रातभर जाग्राम बस्छन् ।
चाडपर्वलाई केवल धार्मिक सीमामा सीमित नगरी संस्कार, संस्कृति र आपसी सद्भावको प्रतीकका रूपमा बुझ्नु आवश्यक छ । नेपालमा रहेका इसाई धर्मावलम्बीहरू मात्र होइन, सबै नेपालीका लागि क्रिसमस खुसी, मेलमिलाप र मानवताको पर्व बनोस् ।
मेरी क्रिसमस !

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव