emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

क्रिसमस पर्व २०२५ का अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना

source e-Madhesh २०८२ पुस १० गते , बिहीबार
0
Shares
176
Views
क्रिसमस पर्व २०२५ का अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना

लिलाकान्त यादव, 
काठमाडौं, १० पौष ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले क्रिसमस पर्व २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ । पुस १० गते जारी शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गर्दै मानवता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले इसा मसीहको जन्म दिवसका रूपमा विश्वभर मनाइने क्रिसमस पर्वले धार्मिक सहिष्णुता, समानता र सामाजिक न्यायका मूल्यहरूलाई प्रवद्र्धन गर्ने बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविध चाडपर्वहरूले ‘विविधतामा एकता’ को भावना मजबुत बनाउने उहाँको भनाइ छ ।
सन्देशमा उहाँले क्रिसमस पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व उल्लेख गर्दै यसले परिवार, समुदाय र समाजबीच आपसी सद्भाव बढाउने बताउनुभएको छ । साथै, व्यापार, पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्दै मुलुकको आर्थिक विकासमा समेत योगदान पु¥याउने उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले विपन्न, असहाय तथा सीमान्तकृत समुदायप्रति करुणा र सहयोगको भावना अभिवृद्धि गर्न क्रिसमस पर्वले प्रेरणा दिने बताउँदै सामाजिक न्याय, समावेशिता र राष्ट्रिय एकताको संकल्पका साथ समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव