emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

source e-Madhesh २०८२ पुस ९ गते , बुधबार
0
Shares
273
Views
जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं, पुस ९ — जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ। दुबै पक्षले हालका लागि कार्यगत एकता गर्दै संयुक्त रूपमा संघर्षका कार्यक्रम अघि बढाउने र भविष्यमा आवश्यकता अनुसार संगठनात्मक एकतासमेत गर्न सक्ने सहमति गरेका छन्। सोमबार जसपा नेपाल केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले कार्यगत एकताको घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुबै पक्षका नेताहरूले साझा मुद्दा र लक्ष्यका आधारमा एकताबद्ध संघर्ष आवश्यक रहेको बताएका थिए। घोषणापत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना गर्न संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ। साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलबिहीन निर्वाचन प्रणालीको पक्षमा अभियान सञ्चालन गर्ने सहमति भएको छ। नेपालको संविधानलाई अधुरो, अपुरो तथा विभेदकारी ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि निरन्तर संघर्ष गर्ने उल्लेख घोषणापत्रमा छ। विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने समावेशी राज्य–राष्ट्र अवधारणा स्थापित गर्न संयुक्त प्रयास गर्ने सहमति गरिएको छ। मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप सुदृढ गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, साथै मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम, अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव